KhabarUjyalo

एमाले सुदूरपश्चिम प्रदेशको अध्यक्षमा अछामका कृष्णप्रसाद सर्वसम्मत चयन

October 12, 2023
एमाले सुदूरपश्चिम प्रदेशको अध्यक्षमा अछामका कृष्णप्रसाद सर्वसम्मत चयन

धनगढी : नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सवै पदाधिकारी सर्वसम्मत भएका छन् ।

अध्यक्षमा अछामका कृष्णप्रसाद जैशी, उपाध्यक्षमा बाजुराका कालिबहादुर शाही, सचिवमा कैलालीका रणबहादुर चन्द उपसचीवमा कंचनपुरका नरबहादुर बिक र कैलालीकी भागरथी बिष्ट सर्वसम्मत भएकी हुन् ।

उपाध्यक्षमा शाही हिजो नै सर्वसम्मत भए पनि अन्य पदमा भने आज सहमति भएको हो । यस अघि आजै सचिवमा रतन रेग्मीले उम्मेदवारी फिर्ता लिदा चन्द र अशोक चन्दले फिर्ता लिदा बिक सर्वसम्मत भएका हुन् ।

अध्यक्षमा भरत साउदले उम्मेदवारी फिर्ता लिदा जैशी सर्वसम्मत भएका हुन् भने महिला उपसचिवमा कन्दकला रानाले उम्मेदवारी फिर्ता लिएपछि बिष्ट सर्वसम्मत भएकी हुन । बाँकी पदमा पनि सर्वसम्मतीको प्रयास भईरहेको छ ।

[TheChamp-FB-Comments]

भर्खर

All Rights Reserved © Khabar Ujyalo