KhabarUjyalo

सुदूरपश्चिम र कर्णाली प्रदेशमा मनसुन बाहिरियो!

October 7, 2023
सुदूरपश्चिम र कर्णाली प्रदेशमा मनसुन बाहिरियो!

नेपालबाट यो वर्षको मनसुन बाहिरिन थालेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशको पश्चिम भू–भागबाट मनसुन बाहिरिन थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार शुक्रबार सुदूरपश्चिम र कर्णाली प्रदेशको पश्चिम भू–भागबाट मनसुन बाहिरिएको हो । ‘यस वर्षको मनसुन असोज १९ का दिन नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिम भू-भागबाट बाहिरिएको छ,’ विभागले विशेष बुलेटिन जारी गर्दै भनेको छ ।

नेपालको बाँकी भू-भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

[TheChamp-FB-Comments]

भर्खर

All Rights Reserved © Khabar Ujyalo