KhabarUjyalo

क्रिकेटर दीपेन्द्रसिंह ऐरी सहायक हवल्दारमा बढुवा

१८ आश्विन २०८०, बिहीबार
क्रिकेटर दीपेन्द्रसिंह ऐरी सहायक हवल्दारमा बढुवा

काठमाडौँ । क्रिकेटर दीपेन्द्रसिंह ऐरी सहायक हवल्दारमा बढुवा भएका छन्।

नेपाल प्रहरीका जवान पदबाट उनलाई सहायक हवल्दारमा बढुवा गरिएको डिआइजी कुवेर कडायतले बताए।

चीनको हाङझाउमा १९ औं एसियाली खेलकुदमा रेकर्ड बनाएको भन्दै आइजिपी वसन्त कुँवरले विशेष बढुवा गरेको उनले बताए।

गत असोज १० गते हाङझाउ एसियाली खेलकुद अन्तर्गत नेपालले पुरुष क्रिकेटको आफ्नो पहिलो खेलमा कीर्तिमानको ओइरो लगाएको थियो।

झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट मैदानमा मंगोलियाविरूद्ध खेलेको थियो। उक्त खेलमा दीपेन्द्रसिंह ऐरीले ९ बलमा अर्धशतक प्रहार गर्दै विश्व कीर्तिमान बनाएका थिए। उनले १२ बलको विश्व कीर्तिमान पनि भङ्ग गरेका थिए। यो कीर्तिमान भारतका युवराज सिंहको नाममा थियो। दीपेन्द्रले १९ औं ओभरका पछिल्ला पाँच बलमा ५ छक्का हिर्काएका थिए। अर्को ओभरको दोस्रो बलमा पनि छक्का हिर्काएपछि उनले ६ बलमा ६ छक्का प्रहार गर्ने अर्को विश्व कीर्तिमान बनाएका थिए।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo