धनगढी : सुदूरपश्चिममा मंगलबार दिउँसो ३ पटक भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ४१ मिनेटमा बझाङ केन्द्रविन्दु भएको ५.३ रेक्टरको भूकम्प गएको छ ।
त्यस्तै दिउँसो ३ बजेर ६ मिनेट जाँदा ५.५ रेक्टरको भुकम्प बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर पश्चिम नेपालका विभिन्न जिल्लाहरुमा भूकम्पको धक्का महसुस भएको छ ।
यस्तै दिउँसो ३ बजेर १४ मिनेटमा पनि भुकम्प धक्का महसुस गरुएको छ ।
भुकम्पले बझाङमा घरहरु चर्किएको स्थानीयले बताएका छन् । बझाङको महालिङ आधारभूत बिद्यालयको भवन भत्कियको छ। थप विवरण आउन बाकी रहेको छ ।