KhabarUjyalo

एसियाली खेलकुद: भारतसंग पराजित हुँदै नेपाल बाहिरियो

१६ आश्विन २०८०, मंगलवार
एसियाली खेलकुद: भारतसंग पराजित हुँदै नेपाल बाहिरियो

काठमाडौं : १९औं एसियाली खेलकुद अन्तरगत नेपाल पुरुष क्रिकेटको क्वारटरफाइनलबाटै बाहिरिएको छ। ​

 

 

यसस्वी जैसवालको शतकप्रेरित भारतले चीनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुदअन्तर्गत् पुरुष क्रिकेटमा नेपाललाई २३ रनले पराजित गरेको हो।  झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २ रनको योगफल तयार पारेको थियो।

भारतका लागि यसस्वीले ४९ बलमा ८ चौका र ७ छक्काको मद्दतमा १ सय रन बनाए। यसैगरी रिंकु सिंहले अविजित ३७, शिवम दुबे अविजित २५ र कप्तान ऋतुराज गायकवाडले २५ रन जोडे।

पहिलो विकेटका लागि यशस्वी र ऋतुराजले १ सय ३ रनको साझेदारी गरेका थिए। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २ तथा सोमपाल कामी र सन्दीप लामिछानेले समान १ विकेट लिए।

२ सय ३ रनको विजयी लक्ष्यसहित मैदानमा आएको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर १७९ रनमात्र बनाउन सक्यो। नेपालका लागि दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ३२ रन बनाए।  आरिफ शेख २९ रन बनाएर आउट हुँदा  सन्दीप जोराले २९ रन नै बनाएर पेभिलियन फर्किए। कुशल भुर्तेलले २८ रन बनाए। सोमपाल कामीले ७ रन बनाउँदा गुल्सन झाले ६ रन बनाए। यस्तै करण केशी १८ रनमा अविजित रहे।

भारतका रवि विस्नोइले ​र अवेश खानले​ समान तीन विकेट लिँदा, अर्शद्वीप सिंहले दुई विकेट लिए। साई किशोरले  एक विकेट लिए।

भारतले सिधैं क्वार्टरफाइनल खेलेको हो। समूह ‘ए’ को नेपालले मंगोसियालाई २ सय ७३ र माल्दिभ्सलाई १ सय ३८ रनले हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको थियो।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo