काठमाडौँ- चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको पहिलो क्वार्टरफाइनल खेलमा नेपालले भारतविरुद्ध पहिले बलिङ गर्नुपर्ने भएको छ। भारतले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्ने भएको छ ।
नेपाल र भारतबीचको क्वाटरफाइनल खेल चीनको हान्झाउमा नेपाली समय अनुसार बिहान पौने ७ बजे शुरु हुनेछ ।
नेपालले टि–२० क्रिकेटमा पहिलो पटक भारतसित खेल्न लागेको हो ।
नेपालको रोहित पौडेल र भारतको ऋतुराज गायकवाडले कप्तानी गर्नेछन् ।
समूहको पहिलो खेलमा मंगोलियामाथि २७३ रनको कीर्तिमानी जित हात पारेको नेपालले दोस्रो खेलमा माल्दिभ्सलाई १३८ रनले हराएको थियो। भारत भने सिधै क्वाटरफाइनल खेल्दै छ।
अघिल्लो महिना मात्रै नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक एशिया कपमा भारतसँग खेलेको थियो ।
एकदिवसीय एशिया कपमा श्रीलङ्कामा नेपालले भारतससँग खेलेको थियो । उक्त खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको थियो ।
