KhabarUjyalo

एसियन गेम्स क्रिकेटः क्वार्टरफाइनलमा नेपालले भारतसंग भिड्दै !

October 2, 2023
एसियन गेम्स क्रिकेटः क्वार्टरफाइनलमा नेपालले भारतसंग भिड्दै !

काठमाडौँ- चीनको हान्झाउमा जारी १९ औँ एसियन गेम्सअन्तर्गतको पुरुष क्रिकेटमा नेपालले भारतसंग भिड्ने भएको छ ।

मंगलबार हुने क्वार्टरफाइनलमा नेपालले भारतको सामना गर्ने भएको हो । नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार विहान ६:४५ बजेबाट सुरु हुनेछ ।

 

भारतलाई पराजित गरेको खण्डमा नेपालले सेमिफाइनलमा स्थान सुरक्षित गर्ने छ ।

समूह चरणमा नेपालले मंगोलिया र माल्दिभ्सलाई हराउँदै अन्तिम ८ मा स्थान सुरक्षित गरेको थियो ।

[TheChamp-FB-Comments]

भर्खर

All Rights Reserved © Khabar Ujyalo