काठमाडौं । अभिनेता दीपकराज गिरीले ६० वर्ष उमेर कटेका उम्मेदवारलाई मतदान नगर्ने घोषणा गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका छन् – ‘सबै फूल गुलाफ हुँदैनन् । सबै स्वतन्त्र बालेन हुँदैनन् । आफ्नो भोट खेर फाल्दिन । ६० कटेकालाई हाल्दै हाल्दिन ।’
पछिल्लो समय शीर्ष नेताहरुलाई लक्षित गर्दै ‘नो नट अगेन’ अभियान नै चलेको छ । उक्त अभियान बन्द गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ ।
