KhabarUjyalo

हेटौँडाकी बालिकाको नाच बलिउडदेखि हलिउडसम्म

१२ कार्तिक २०७९, शनिबार
हेटौँडाकी बालिकाको नाच बलिउडदेखि हलिउडसम्म

धनगढी : केही समयअघि फेसबुक र टिकटकमा दक्षिण भारतीय फिल्म ‘पुष्पा द राइज’को सामी सामी बोलको गीतमा नेपाली बालिका नाचेको भिडिओ भाइरल भयो।

उक्त भाइरल भिडियोमा नाच्ने बालिका थिइन् हेटौँडाकी बारिशा थापा । उनको नाच सबैभन्दा पहिले नेपालमा भाइरल भयो । ती बालिकाको नाचको प्रशंसा गर्दै ‘पुष्पा द राइज’ फिल्मकी अभिनेत्री रश्मिका मन्दनाले शेयर गरेकी थिइन् ।

उनले प्रशंसा गर्दै बारिशालाई भेट्न इच्छुक रहेको बताइन् । त्यसपछि भारतीय मिडियामा छाएको ती बालिकाको नृत्य भारतीय कोरियोग्राफर रेमो डिसुजाले हेरेर उनलाई आफ्नो शो डान्स इन्डिया डान्सको अर्को सिजनका लागि निम्तो गरेका छन् ।

यतिखेर अमेरिकी र्‍यापर स्नुपडगले बारिशाको उक्त भिडिओ शेयर गरेपछि उनको चर्चा थप चुलिएको छ । इन्स्टाग्राममा सात करोड ७० लाख बढी फलोअर भएका स्नुपडगले शुक्रबार भिडिओ शेयर गरेका हुन् । सो भिडिओमा अहिलेसम्म ६ लाख ८३ हजार बढी लाइक र करिब दश हजार कमेन्ट पुगेको छ ।

यसरी बालिका थापा नाचेकाे भिडिओ बलिउडदेखि हलिउडसम्म पुगेको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo