KhabarUjyalo

तेस्रो बिहे गर्दै भुवन केसी

९ कार्तिक २०७९, बुधबार
तेस्रो बिहे गर्दै भुवन केसी

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी विवादास्पद छवि बोकेका कलाकार हुन् । अहिलेसम्म उनको दुई घरबार बिग्रिसकेको छ । पहिलो श्रीमती विजया केसी छुट्टिएको नै २५ वर्ष बितिसकेको छ । जेठी श्रीमती अलग बस्न थालेपछि उनले सुस्मितालाई बिहे गरेका थिए । अहिले सुस्मित पनि सँगै छैनन् । सुस्मिताबाट भुवनको एक छोरा अनमोल केसी छन् । भुवन र अनमोल सँगै बस्छन् ।

सुस्मितासँग डिभोर्स भएको केही समयपछि नै भुवन अभिनेत्री जिला केसीसँग रिलेसनसीपमा बसेका थिए । दुवै सँगै बसेको पनि १० वर्ष बितिसकेको छ । अब भने भुवनले जिया केसीलाई औपचारिक रूपमा तेस्रो श्रीमती बनाउने भएका छन् । तिहारको बिदा पारेर भुवन केसी अमेरिका पुगेका छन् । उनी जिया केसीलाई लिएर बिदा मनाउन अमेरिका पुगेका हुन् । भुवनको पहिलो श्रीमती विजया र उनबाट जन्मेका सन्तान काजल केसी र विवेक केसी अमेरिकामै बस्छन् । 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo