KhabarUjyalo

सिस्नुपानीको राजनीति झटारो: अर्कैको पोष्टर -टाँसी दे, सिद्धान्तलाई -फाँसी दे!

८ कार्तिक २०७९, मंगलवार
सिस्नुपानीको राजनीति झटारो: अर्कैको पोष्टर -टाँसी दे, सिद्धान्तलाई -फाँसी दे!

काठमाडौं । कोभिड कारण दुई बर्ष हुन नसकेको सिस्नुपानी नेपालको देउसी–भैलो यस बर्ष सिस्नुपानी नेपालले यस वर्षको देउसी-भैलोमा समसामयिक विषयवस्तु उठाएर झटारो हानेको छ। चुनाव जित्नका लागि नीति, सिद्धान्त विचार त्यागेर जसरी गठबन्धन भैरहेको त्यसमा सिस्नुपानीले कडा प्रहार गरेको छ । 

कांग्रेस नेतृत्वमा रहेको माओवादीसहितको गठबन्धन र एमाले नेतृत्वमा रहेको जसपा–राप्रपासहितको गठबन्धनमाथि प्रहार गरिएको झटारो यस्तो छ, 

नेपाली कांग्रेस– जिन्दावाद !
भोट केमा ?! – हतौडामा !
माओवादी केन्द्र- जिन्दावाद !
भोट केमा ? – रुखमा !
यो जीत कस्को ? – था’ छैन !
आप्नालाई भोट हाल्न- पा’ छैन !
कलमलाई पनि -ठाउँ दे !
साईकललाई पनि -गाउँले !
नेकपा एमाले -जिन्दावाद !
भोट केमा ? – हलोमा !
यो जीत कस्को ? -छाताको !
सूर्य चिन्ह कमल- थापाको !
गठबन्धन पिरती- गाँसी दे !
अर्कैको पोष्टर -टाँसी दे !
मन रोए पनि -हाँसी दे !
सिद्धान्तलाई  -फाँसी दे  !

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo