KhabarUjyalo

केबीसीको सेटमा दुर्घटनामा परेपछि अमिताभ बच्चन अस्पताल भर्ना

७ कार्तिक २०७९, सोमबार
केबीसीको सेटमा दुर्घटनामा परेपछि अमिताभ बच्चन अस्पताल भर्ना

एजेन्सी । भारतीय चर्चित अभिनेता अमिताभ बच्चन ‘कौन बनेगा करोडपति १४’ (केबीसी) को सेटमा दुर्घटनामा परेका छन् ।

केहिदिन अगाडि अमिताभ केबीसी १४ को सेटमा बायाँ खुट्टाको नसा काटिए पछि तत्कालै नजिकैको अस्पतालमा भर्ना भएका थिए । अमिताभले सामाजिक सञ्जाल मार्फत खुट्टामा चोट लागेको र अस्पतालमा भर्ना पछि आफू पूर्ण रूपमा ठीक भएको जानकारी दिएका छन् ।

अमिताभले केबीसी १४ को सेटमा भएको दुर्घटनाको बारेमा भनेका छन्, ‘सेटमा मेरो देब्रे खुट्टाको नङमा धातुको टुक्रा पसेको कारण त्यहाँको नसा काटियो ।’ यसबारे उनले अगाडि भने, ‘नसा काट्नेबित्तिकै खुट्टाबाट रगत बग्न थाल्यो, तर, तुरुन्तै मलाई डाक्टर कहाँ लगियो, जहाँ मेरो चोटमा टाँका लगाइयो। अस्पतालका कर्मचारी र डाक्टरको सहयोगमा चोटको समयमै उपचार भयो । अब पूर्ण रूपमा ठीक भएको छु ।’

डाक्टरले उनलाई ट्रेडमिलमा कसरत नगर्न, धेरै बेर नउभिन र धेरै नहिँड्न सल्लाह दिएका छन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo