KhabarUjyalo

जेरीको जन्मदिनमा शंकर क्षेत्री, डिभोर्सपछि जेरीले नेपाल छोड्ने !

७ कार्तिक २०७९, सोमबार
जेरीको जन्मदिनमा शंकर क्षेत्री, डिभोर्सपछि जेरीले नेपाल छोड्ने !

धनगढी : लोक दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ श्रीमान् शंकर क्षेत्रीसँग छुट्टिने भएकी छन् । जेरीले श्रीमान् शंकर क्षेत्रीसँग डिभोर्स प्रक्रिया अगाडि बढाएकी हुन् । पाँच वर्ष लामो प्रेम सम्बन्धलाई दुई वर्षअघि प्रेम विवाह परिणत गरेका यी जोडीले आपसी सहमतीमा सम्बन्ध टुङ्ग्याउने भएका छन् ।

लोकदोहोरीमै सक्रिय कलाकार बाँनिया र क्षेत्रीले डिभोर्सका लागि विहिबार काठमाडौं जिल्ला अदालतमा निवेदन दिएका छन् । जेरी गोर्खाकी हुन् भने शंकर नेपालगञ्जका हुन् । लोकदोहोरी गायनका सिलसिलामा भेटेका उनीहरुबीच गायनकै सिलसिलमा प्रेम बसेको थियो ।

उनीहरूको विवाहपछि सम्बन्ध सुमधुर हुन सकिरहेको थिएन । अन्ततः उनीहरू सम्बन्धलाई निरन्तरता नदिने निष्कर्षमा पुगेका हुन् । करिब ५ वर्षको प्रेमलाई विवाहमा परिणत जेरी र शंकरबाट दुई वर्षकी एक छोरी छिन् ।

सम्बन्धमा विचलनमा आएपछि डिभोर्स गर्न लागेको जेरीले बताएकी छन् । पछि गार्‍हो अवस्था जानुभन्दा अगाडिनै अलगअलग भएर आफ्नो बाटोमा लाग्नु राम्रो सोचेर यो निर्णय लिएको बताइन् । डिभोर्स भई सकेको छैन, सम्भव डिभोर्स तिहारपछी हुने बताईन । आइतबार जेरीको जन्मदिन रहेको थियो । जन्मदिन र डिभोर्स गर्ने एकैदिन परेको थियो । जन्म डिभोर्स गर्दा जीवन त्यो क्षण सम्झने भएकाले आइतबार अदालतमा नगएको बताएकी छन् । जेरीको जन्म दिनमा शंकर पनि उपस्थित भएका थिए । जन्मदिन मिडिया बोल्दै जेरीले कागजी रुपमा डिभोर्स भएपछि एकजना जसले भएपनि देश छोड्ने कुरा बताइन् ।

उनीहरु डिभोर्सलाई लिएर सामाजिक संजालमा विभिन्न प्रतिक्रिया आइरहेका छन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo