KhabarUjyalo

डा.निरज अर्याल राष्ट्रिय सेवा सम्मानबाट सम्मानित

६ कार्तिक २०७९, आईतवार
डा.निरज अर्याल राष्ट्रिय सेवा सम्मानबाट सम्मानित

धनगढी : स्वास्थ्य आपूर्ति व्यवस्थापन सुदूरपश्चिम प्रदेशका निर्देशक तथा बरिस्ठ कन्सल्टेन्ट डा. निरज अर्याललाई राष्ट्रिय सेवा सम्मानबाट सम्मानित भएका छन् ।

फोकस नेपाल संस्थाले दिपावली २०७९ को अवसरमा देउसी भैलो विशेष साँस्कृतिक सेवामा महत्त्वपूर्ण भुमिका खेलेको भन्दै डा. अर्याललाई राष्ट्रिय सेवा सम्मान २०७९ बाट सम्मानित गरेका हुन् ।

राष्ट्रिय तथा अन्तरास्ट्रिय विभिन्न सेवामुलुक तथा सामाजिक संघ संस्था मार्फत राष्ट्र विकास र सामाजिक सेवामा महत्त्वपूर्ण योगदान गरेको गर्दै सम्मान गरेको उक्त संस्थाले जनाएको छ ।

डा. अर्यालले बिगत १८ बर्षदेखि सुदूरपश्चिम प्रदेशको स्वास्थ्य क्षेत्रमा सेवा गर्दै आएका छन् । डा. अर्याल सेती प्रादेशिक अस्पतालका रेडियोलोजि बिभागिय प्रमुख समेत रहेका छन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo