KhabarUjyalo

भ्वाइस अफ नेपाल सिजन–४ मा अछामका आशिष महर नकआउट राउण्डमा प्रवेश !

५ कार्तिक २०७९, शनिबार
भ्वाइस अफ नेपाल सिजन–४ मा अछामका आशिष महर नकआउट राउण्डमा प्रवेश !

धनगढी : हिमालय टेलिभिजनबाट प्रशारण भइरहेको चर्चित रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल सिजन–४’ मा अछामका आशिष महर नकआउट राउण्डमा प्रवेश गरेका छन् ।

ब्लाइन्ड अडिसनमा रामचन्द्र काफ्लेको ‘हिमाल हिंउ पडिगयो ’ बोलको गीत गाएर चारै कोचलाई घुमाउदै उनले टिम प्रमोदलाई छनोट गरेका थिए ।

अछाम मेल्लेख गाँउपालिकाको दोगडा घर भएका महर शनिबार भएको ब्याटल राउन्डमा टिकाबहादुर मगरसंग ब्याटल लडेका थिए । उक्त राउन्डमा टिम प्रमोद छनोट गरेका थिए । टिम प्रमोदले छनोट गरेसङ्गै महर नकाउटमा प्रवेश गरेका हुन् ।

ब्याटलको अन्तिम चरणमा राजु र प्रविशाले टिम प्रमोदबाट बाहिरिएका टिकाबहादुर मगरलाई स्टिल गरेका थिए । मगरले राजुको टिमलाई छनोट गरेका थिए ।

‘ब्लाइन्ड अडिसन’बाट प्रत्येक कोचले आफ्नो टिममा १६ जना प्रतियोगी लिएका थिए ।

‘दि भ्वाइस अफ नेपाल सिजन–४’ मा कोचको रुपमा राजु लामा, प्रमोद खरेल, राजेश पायल राई र प्रविशा अधिकारी रहेका छन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo