KhabarUjyalo

कांग्रेस नेता बलायरलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

४ कार्तिक २०७९, शुक्रबार
कांग्रेस नेता बलायरलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरलाई स्पष्टीकरण सोधेको छ।

कैलाली क्षेत्र नं. ४ (क) मा बिहीवार आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा आयोग र आयोगका पदाधिकारीमाथि लाञ्छनापूर्ण अभिव्यक्ति दिएको भन्दै आयोगले शुक्रबार उनलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो।

‘तपाईंले आफ्नो निर्वाचन क्षेत्रमा गत बिहीवार आयोजित कार्यक्रममा निर्वाचन आयोग नेपाल र यसका पदाधिकारीहरु उपर लाञ्छनापूर्ण अभिव्यक्ति दिनुभएको सूचना र सोलाई पुष्टी गर्ने सामग्री आयोगमा प्राप्त भइसकेको सन्दर्भमा तपाईंले उक्त अभिव्यक्ति दिनु भएको होइन भन्ने आधार र प्रमाण के छ ?,’ आयोगले बलायरलाई सोधेको छ।

उनलाई आयोगले पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा प्रदेश निर्वाचन कार्यालय कैलालीमा स्पष्टीकरण पेश गर्न भनेको छ।बलायरले बिहीबारको चुनावी सभामा भनेका थिए, ‘नेकपा समाजवादीका अध्यक्ष माधव नेपालले रौतटहको चुनावी सभालाई सम्बोधन गर्दै बोलेको सामान्य शब्दलाई लिएर निर्वाचन आयोगले पत्र काट्यो।

हामीले इमान्दारपूर्वक निर्वाचन आयोगको आचारसंहितामा हस्ताक्षर गरेका छौँ। उल्लंघन गर्दैनौँ र गर्न पनि दिँदैनौँ। तर, केपी ओलीको इशारामा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उच्छृङखल गतिविधि गर्दैछन्।’

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo