धनगढी : कलाकार बबिता बानिया जेरी र शंकर क्षेत्रीले डिभोर्स गर्ने निर्णयमा पुगेका छन् । अढाइ बर्षअघि वैवाहिकसम्बन्धमा जोडिएका यी जोडी डिभोर्स गर्ने निर्णयमा पुगेका छन् ।
सामाजिक संजाल गयिका जेरीले आफ्नो फेसबुकमा ‘Feeling empty at ktm district court’ स्टाटस लेखेकी छिन् ।

भने शंकर क्षेत्रीले पनि आज वियोगान्त टिकटक भिडियो शेयर गर्दै लेखेका छन्- ‘मनमा जे छ कसलाई के भनेर के हुदो रैछ र’
५ बर्ष लामो प्रेम सम्बन्धपछि २०७६ माघ २१ गते विवाह गरेका थिए । उनिहरुको २ बर्षकी छोरी पनि छिन् ।बिहिवार काठमाडौं जिल्ला अदालतमा डिभोर्स गर्नका लागी पुगेका थिए । उनिहरुको सम्बन्धन बिच्छेद गर्नुको कारण बारे भने दुबैले मुख खोलेका छैनन् । आज काठमाडौ अदालतमा उनीहरुको डिभोर्स प्रक्रिया बढ्ने बुझिएको छ ।

बबिता बानिया ‘जेरी’ र शंकर क्षेत्री नेपाली लोकसंगीत क्षेत्रको लोकप्रिय नाम हो । पछिल्लो समय सेलिब्रेटीको डिभोर्स भएका खबर सुनिने गरेका छन् ।
