स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा झण्ड एक हजार संक्रमित पुष्टि भएका छन्। योसँगै डेंगीका बिरामीको संख्या ४१ हजार ७४३ पुगेको छ।
त्यस्तै, आज डेंगीबाट थप एक जनाको मृत्यु भएको छ। योसँगै अहिलेसम्म डेंगीबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ।
गत साउनमा डेंगीको संक्रमण शुरू भएको थियो। तीन महीनाको अवधिमा डेंगीको संक्रमण देशभर फैलिएको छ। अहिलेसम्म देशका ७७ वटै जिल्लामा डेंगी संक्रमित भेटिएका छन्।
संक्रमण रोग विशेषज्ञहरूले अब डेंगीको संक्रमण कम हुँदै जाने बताएका छन्। चिसो बढ्न थालेकाले संक्रमण घट्दै जाने भए पनि सचेतता अपनाउन आग्रह गरेका छन्।
