KhabarUjyalo

टी–२० विश्वकपमा भारतमाथी पाकिस्तानको शानदार जीत

७ कार्तिक २०७८, आईतवार
टी–२० विश्वकपमा भारतमाथी पाकिस्तानको शानदार जीत

टी–२० विश्वकप अन्तरगत सुपर १२ को खेलमा पाकिस्तानले भारतमाथि १० विकेटको शानदार जीत हासिल गरेको छ । भारतले प्रस्तुत गरेको १ सय ५२ रनको लक्ष्य पाकिस्तानले १७.५ ओभरमा पछ्याएको हो । पाकिस्तानको जीतमा ओपनरद्वय मोहमद रिजवान र कप्तान बाबर आजमले अर्धशतकीय पारी खेले । योसँगै विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तानविरुद्ध भारतको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।

यसअघि भारतले टस हारेर पहिलो ब्याटिङ गर्दै कप्तान विराट कोहलीको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५१ रन बनाएको थियो । कप्तान कोहलीले सर्वाधिक ५७ रन बनाए । ४९ बलको पारीमा उनले ५ चौका र १ छक्का हिर्काए ।

भारतले खेलमा निकै शुरुवात भने निकै खराब गरेको थियो । ६ रनको अवस्थामा नै भारतले दुवै ओपनरलाई गुमाएको थियो । सूर्यकुमार यादव पनि ११ रन बनाएर आउट भएपछि कोहलीले ऋषभ पन्तसँग मिलेर भारतको पारी सम्हाले । पन्तले ३९ रनको योगदान दिए ।  त्यसपछि कोहलीलाई रवीन्द्र जडेजाले १३ रन बनाउँदै साथ दिएका थिए । १९ औँ ओभरमा कोहली क्याच आउट हुन पुगे । पाकिस्तानका लागि शाहिन अफ्रिदीले ३ विकेट लिए भने हसन अलीले २ विकेट लिए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo