KhabarUjyalo

नेपाली यू–२३ फुटबल टोली घोषणा (सूचिसहित)

१ कार्तिक २०७८, सोमबार
नेपाली यू–२३ फुटबल टोली घोषणा (सूचिसहित)

काठमाडौं : एएफसी यू–२३ एसियन कप छनोट प्रतियोगिताका लागि राष्ट्रिय फुटबल टोली घोषणा गरिएको छ। प्रशिक्षक बालगोपाल महर्जनले आइतबार २३ सदस्यीय यू–२३ टोली घोषणा गरेका हुन्।

माल्दिभ्सको मालेमा शनिबार सम्पन्न साफ च्याम्पियनसिपको उपविजेता बनेको टोलीका ६ खेलाडी यसमा समेटिएका छन्। ​

डिफेन्डरद्वय सुमन अर्याल र गौतम श्रेष्ठसँगै मिडफिल्डरहरू नितिन थापा, सुरज ज्यू ठकुरी र आयुष घलान टोलीमा राखिएका हुन्।

यस्तै फरवार्ड मनीष डाँगी, राजन गुरुङ, सेसेहाङ आङदेम्बे, एरिक विष्ट, अभिषेक रिजाल र दर्शन गुरुङलाई पनि टोलीमा समेटिएको छ। यस्तै गोलरक्षकमा अर्पण कार्की, विशाल सुनार र अभिषेक बराललाई समेटिएको छ।

डिफेन्समा शिव गुरुङ, रन्दीप पौडेल र अभिषेक लिम्बु पनि छन्। त्यस्तै मिडफिल्डमा अनिल महर्जन, राजीव लोप्चन, रोशन पहरी र शिशिर लेखी पनि छन्। आक्रमणमा आकाश बुढामगर र ऋतिक कुमार खड्का टोलीमा छन्।

एएफसी यू–२३ एसियन कप छनोट प्रतियोगिता अक्टोबर २५ देखि ३१ सम्म हुँदै छ।

समूह ‘बी’ मा रहेको नेपालले ताजिकिस्तान, इरान र लेबनानसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले अक्टोरबर २५ मा इरान, २८ मा ताजिकिस्तान र ३१ मा लेबनानसँग खेल्नेछ।
एएफसी प्रतियोगिता २०२२ जुन १ देखि १९ सम्म उज्बेकिस्तानमा हुनेछ।

२३ सदस्यीय यू–२३​ टोली
गोलरक्षक – अर्पण कार्की, विशाल सुनार, अभिषेक बराल

डिफेन्डर – सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, रन्दीप पौडेल, अभिषेक लिम्बु, शिव गुरुङ

मिडफिल्डर – नितिन थापा, सुरज ज्यू ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्बे, अनिल महर्जन, राजीव लोप्चन, शिशिर लेखी, आकाश बुढामगर, एरिक विष्ट, रोशन पहारी

फरवार्ड – मनीष डाँगी, अभिषेक रिजाल, दर्शन गुरुङ, ऋतिककुमार खड्का

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo