काठमाडौं । आइसीसी टी-ट्वान्टी विश्वकपको समूह चरणको खेलमा स्कटल्यान्डले बंगलादेशलाई पराजित गरेको छ ।
गएराति ओमानस्थित अल अमरेत मैदानमा भएको खेलमा स्कटल्यान्डले ६ रनले पराजित गरेको हो । १ सय ४१ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३४ रनमात्र जोड्न सक्यो ।
बंगलादेशका लागि मुश्फिकर रहिमले ३८ रनको योगदान दिए । उनले ३६ बलमा १ चौका र २ छक्का प्रहार गरेका थिए । शकिब अल हसनले २० रन, लिटन दास र सौम्य सरकारले ५(५ रन मात्र जोडेका थिए ।
टस जितेर पहिलो ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४० रन जोडेको थियो ।
स्कटल्यान्डका लागि कारिस गेभेसले सर्वाधिक ४५ रनको योगदान गरेका थिए । २८ बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे । त्यस्तै गेरोर्ग मुन्सेले २९ रन बनाउँदा मार्क वाटले २२ रनको योगदान गरेका थिए । स्कटल्यान्डका लागि माथे क्रसले ११ रन बनाउँदा बाँकी ब्याटरले दोहोरो रन जोड्न सकेनन् ।
बलिङतर्फ बंगलादेशका लागि मेहदी हसनले सर्वाधिक ३ विकेट लिए । त्यस्तै मुस्तफिजुर रहमान र साकिव अल हसनले समान दुई/दुई विकेट लिए ।
बंगलादेशका लागि टाकिन अहमेद र मोहामा साफुदिनले समान एक–एक विकेट लिए ।
