काठमाडौं । नेपालमा साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा बंगलादेशसँग बराबरी खेल्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।
माल्द्धिभ्सको राजधानी मालेको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल र बंगलादेश १–१ को बराबरी खेलेको हो । बंगलादेशले सुरुवाती अग्रता लिएपनि जोगाउन नसक्दा फाइनलमा प्रवेश गर्नबाट चुक्यो ।
खेलको नवौं मिनेटमा बंगलादेशका सिमोन रेजाले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए ।
सुरुवातदेखि नै आक्रमक खेलमा उत्रिएको नेपालले गोल गर्न भने खेलको अन्तिम समय नै कुर्न पर्यो । खेलको ८८ औँ मिनेटमा अन्जान विस्टले पेनाल्टीमार्फत गोल गर्दै खेल १–१ को बराबरीमा ल्ययो ।
बराबरीसँगै भएमा पनि नेपाल ७ अंक जोड्दै उपाधि प्रतिस्पर्धामा पुगेको छ ।
सन् १९९३ देखि सुरु भएको साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पहिलोपटक नेपाल प्रवेश गरेको हो ।
