KhabarUjyalo

भलिबल प्रतियोगिताको फाइनल खेल : डडेल्धुरा भर्सेस डोटी भिडदै !

२३ आश्विन २०७८, शनिबार
भलिबल प्रतियोगिताको फाइनल खेल : डडेल्धुरा भर्सेस डोटी भिडदै !

धनगढीः धनगढीमा जारी प्रथम प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनल खेलमा डडेल्धुरा र डोटी भिड्ने भएका छन्। सेमिफाइनलमा कैलालीलाई ३-१ ले पराजित गर्दै डोटी उपाधि नजिक पुगेको छ। यस्तै डडेल्धुराले पनि कञ्चनपुरलाई ३-२ ले पराजित गर्दै उपाधि नजिक पुगेको छ।

प्रतियोगिताको फाईनल खेल आजै हुँदै छ। धनगढीमा जारी प्रतियोगिताको विजेतालाई नगद एक लाखसहित ट्रफी दिइने छ। प्रतियोगिताको उपविजेतालाई नगद ५० हजारसहित ट्रफी दिइनेछ भने प्रतियोगिताको सेमिफाइनलसम्म पुग्ने दुई टीमलाई पच्चिस पच्चिस हजार नगदसहित ट्रफी दिइने छ। विभिन्न ५ वटा विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार दिइनेछ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा प्रतियोगिता भइरहेको छ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo