KhabarUjyalo

क्यानले सुदूरपश्चिममा खेमराज भट्ट र जानकी भट्टलाई प्रशिक्षक नियुक्त

२ आश्विन २०७८, शनिबार
क्यानले सुदूरपश्चिममा खेमराज भट्ट र जानकी भट्टलाई प्रशिक्षक नियुक्त

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले आवेदन मागेको १३ महिनापछि सातै प्रदेशमा प्रशिक्षक नियुक्त गरेको छ।

क्यानले शनिबार ७ प्रदेशका लागि १० प्रदेश प्रशिक्षक नियुक्त गरेको हो। क्यानका अनुसार प्रदेश २, लुम्बिनी र सुदूरपश्चिममा दुई/दुई प्रशिक्षक नियुक्त गरिएको छ। 

अन्य बाँकी चार प्रदेशमा भने एक/एक प्रशिक्षक नियुक्त गरेको छ। क्यानले सुदूरपश्चिममा खेमराज भट्ट र जानकी भट्टलाई नियुक्त गरिएको छ। प्रदेश १ मा नेपालबाट अन्तर्राष्ट्रिय यू–१९ खेलेका पुष्प थापालाई नियुक्त गरेको छ।

प्रदेश २ मा  प्रकाश शर्मा र सुनिल कुमार शाह, बागमतीमा सन्जय महर्जन र गण्डकी मा रिजन प्रजुलाई नियुक्त गरिएको छ। 

यस्तै लुम्बिनीमा नेपाली यू–१६ प्रशिक्षक सम्हालिसकेका वसन्त शाही ठकुरी र जमिल अन्सारी,कर्णालीमा विरेन्द्र शाहीलाई नियुक्त गरिएको छ।

क्यानले गत जेठमा १६ प्रशिक्षकको अन्तरवार्ता लिएको थियो।  प्रशिक्षक पदका लागि कुल २४ प्रशिक्षकले आवेदन दिएका थिए। 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo