KhabarUjyalo

बैतडीमा गुडीरहेको बसमाथीबाट खसेको ढुङ्गा लागेर १ जनाको मृत्यु

२९ भाद्र २०७८, मंगलवार
बैतडीमा गुडीरहेको बसमाथीबाट खसेको ढुङ्गा लागेर १ जनाको मृत्यु

बैतडी । बैतडीमा गुडीरहेको बसमाथीबाट खसेको ढुङ्गा लागेर १ जनाको मृत्यु भएको छ । भने ३ जना घाइते भएका छन् ।

गएराती साडे १ बजे खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अन्तरगतको पाटन नगरपालिका ८ स्थित झौलेक मोडमा महेन्द्रनगरबाट बझाङ गइरहेको सुप २००१ ख ११५६ नं को बसमाथीबाट ढुङ्गा खस्दा बझाङको थलारा गाउँपालिकाका अन्ताजी २० वर्षीय अर्जुन नेपालीको घटनास्थलमै मृत्यु भएको खोडपे प्रहरी चौकीले जनाएको छ ।

घाइते हुनेमा बझाङकै जयपृथ्बी नगरपालिकाका ४० वर्षीय हरी प्रशाद जोसी सोही नगरपालिकाका ३६ वर्षीय नवराज खड्का र बस साहु समेत रहेका धनगढी उपमहानगरपालिका ४ का २८ वर्षीय माधव प्रशाद खड्का रहेका छन् ।

उनिहरुलाई उपचारका लागि डडेल्धुरा लगिएको  ईलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज राजेश शाही  जानकारी दिए । 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo