KhabarUjyalo

घरको छतबाट खसेका २२ महिने बालकको मृत्यु

September 26, 2023
घरको छतबाट खसेका २२ महिने बालकको मृत्यु

तनहु : तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा घरको छतबाट खसेर २२ महिनाका बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा मनिष सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

घरको छतमा खेल्दै गरेको अवस्थामा खसेका उनको उपचारका क्रममा सोमवार पोखरामा मृत्यु भएको हो। तत्कालै उनलाई दमौली अस्पतालमा प्राथमिक उपचार पश्चात् पोखरा पठाइएको थियो। प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ।

[TheChamp-FB-Comments]

भर्खर

All Rights Reserved © Khabar Ujyalo