KhabarUjyalo

सडकमै सुतेर राहत शिक्षकहरुकाे प्रदर्शन

September 25, 2023
सडकमै सुतेर राहत शिक्षकहरुकाे प्रदर्शन

काठमाडौं,८ असोज । राहत तथा अनुदान शिक्षकहरुले सडक आन्दोलनलाई आज सोमबार पनि निरन्तरता दिएका छन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा राहत शिक्षकहरुले काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म सडकमा प्रदर्शन गरेका छन् ।

सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भए पनि त्यसले आफूहरुको माग संवोधन नगरेको भन्दै राहत शिक्षकहरुले प्रदर्शनलाई निरन्तरता दिइरहेका छन् । उनीहरुले ४० हजार राहत शिक्षक, बाल विकासका शिक्षक र पेन्सन पीडित शिक्षकहरु आफूहरुसँग आन्दोलनमा रहेको बताएका छन् । राहत शिक्षकहरुले शिक्षक महासंघले धोका दिएको भन्दै आफूहरुको माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

[TheChamp-FB-Comments]

भर्खर

All Rights Reserved © Khabar Ujyalo