KhabarUjyalo

सरकार र शिक्षकबीच सहमति, आन्दोलन फिर्ता

५ आश्विन २०८०, शुक्रबार
सरकार र शिक्षकबीच सहमति, आन्दोलन फिर्ता

काठमाडौ : सरकार र शिक्षक महासंघबीच सहमति भएको छ । शिक्षा विधेयकमाथि असहमति जनाउँदै देशभरका शिक्षकहरू काठमाडौं आएर आन्दोलन गरिरहेका थिए । आज सरकार र शिक्षक महासंघबीच सिंहदरबारमा भएको वार्तामा सहमति जुटेको हो । सरकार र शिक्षकबीच सातबुँदे सहमति भएकाे छ ।

सहमति जुटेसँगै शिक्षक महासंघले आन्दोलन फिर्ता लिएको छ ।

सञ्चारमन्त्री रेखा शर्माले शिक्षकका मागहरू संसदबाट पूरा गर्ने सहमति भएकाे जानकारी दिइन् । सरकारका तर्फबाट वार्ता टाेलीकाे नेतृत्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले गरेका थिए भने शिक्षकका तर्फबाट शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले गरेकी थिइन् ।

शिक्षा विधेयकमाथि विभिन्न १८ बुँदे असहमति राख्दै देशभरका शिक्षकहरू शिक्षक महासंघकाे नेतृत्त्वमा आन्दाेलित भएका थिए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo