KhabarUjyalo

डडेल्धुरामा ६ जना जुवाडे पक्राउ

५ आश्विन २०८०, शुक्रबार
डडेल्धुरामा ६ जना जुवाडे पक्राउ

डडेल्धुरा: डडेल्धुरामा ६ जना जुवाडे पक्राउ परेका छन्।

जिल्लाको परशुराम नगरपालिका–४ कटालका टेकबहादुर बोहराको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।

पक्राउ जर्नेमा घरधनी बोहरासँगै करनदेव ओझा, करन बोहरा, जयराज पन्त, भीमबहादुर स्नेही र शन्तोष साउँद रहेको प्रहरी निरिक्षक बीरबहादुर थापाले जानकारी दिए।

उनिहरुको साथबाट नगद १५ हजार ५ सय १५ सहित ३ गड्डी तास पक्राउ गरिएको प्रहरीले जनाएको छ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo