Khabar Ujyalo

प्रेममा धोका दिएर गाउँकै अर्को पुरुषसँग विवाह गरे पछि प्रेमिका र छोरीको हत्या !

५ आश्विन २०८०, शुक्रबार
प्रेममा धोका दिएर गाउँकै अर्को पुरुषसँग विवाह गरे पछि प्रेमिका र छोरीको हत्या !

सल्यान :  सल्यानमा जलेको अवस्थामा शव फेला परेका आमाछोरीको हत्या भएको पुष्टि भएको छ।

 

 

गत भदौ ३० गते त्रिवेणी गाउँपालिका २ झालेढुंगा थापाटोलकी २९ वर्षीया रेवती थापा र उनकी ९ महिनाकी छोरी ऋतु थापाको शव फेला परेको थियो। आफ्नै घरको कोठामा आमाछोरीको आधा शरीर जलेको अवस्थामा फेला परेको थियो।

हत्या गरेको आरोपमा प्रहरीले सल्यान सिद्ध कुमाख गाउँपालिका २ खानीगाउँका २८ वर्षीय कर्ण बहादुर बस्नेतलाई पक्राउ गरेको हो। उनलाई घटना भएको पाँच दिन पछि सिद्ध कुमाख गाउँपाकिला ३ ढोरचौर बजारबाट बुधबार साँझ पक्राउ गरेको हो।

 

रेवतीलाई सलले घाँटी बेरेर अर्ध बेहोस भएपछि शरीरमा पेट्रोल छर्किएर प्रमाण लुकाउन कोठामा आगो लागेर मृत्यु भएको देखाउन आगजनी गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख नविन कार्कीले जानकारी दिए। बिहीबार पत्रकार सम्मेलन गर्दै प्रहरीले हत्या गरेको आरोपमा बस्नेतलाई सार्वजनिक गरेको हो।

हत्या आरोपित बस्नेत र मृतक थापाबीच विगत सात वर्ष अघि सामाजिक सञ्जालमा चिनजान भएको अनुसन्धानबाट खुल्न आएको कार्कीको भनाइ छ। सामाजिक सञ्जालमा कुराकानी गर्दै गर्दा माया प्रेम बसेको र विवाह गर्ने  निर्णयसम्म पुगेको अनुसन्धानबाट खुलेको उनले बताए तर रेवतीले  चार वर्ष अघि गाउँकै अर्को पुरुषसँग विवाह गरे पछि आफूलाई धोका दिएको भन्दै बदलाको भावना सृजना भएको पाइएको छ।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.