KhabarUjyalo

धरान उपमहानगरले बेसारमा चामलको कनिका मिसाएर बेच्ने व्यापारीलाई दुई लाख जरिवाना तिराइयो

५ आश्विन २०८०, शुक्रबार
धरान उपमहानगरले बेसारमा चामलको कनिका मिसाएर बेच्ने व्यापारीलाई दुई लाख जरिवाना तिराइयो

सुनसरी- चामलको कनिका मिसाएर बेसार पिस्ने मिल र व्यापारीलाई धरान उपमहानगरपालिकाले दुई लाख रुपैया जरिवाना तिराएको छ ।

अनुगमन टोलीको स्थलगत रिपोर्टको आधारमा प्रमुख प्रशासकीय अधिकृत मातृकाप्रसाद भटटराईले उपभोक्ता हित संरक्षण ऐन २०७५ को दफा ३९ को १ (ख) वमोजिम २ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको बताउनुभयो ।

धरान-११ स्थित चण्डेश्वरी कुटानी पिसानी मिलमा भदौ २ गते अनुगमन गर्दा बेसारमा चामलको खुदी मिसाएर पिस्दै गरेको फेला परेको थियो । अनुगमन टोलीले तत्काल मिल बन्द गराएर मिसावट गरिएको १३ बोरा बरामद गरी उपमहानगरपालिका लगेको थियो भने ४५ बोरा बेसार मिलमै छोडेको थियो ।

अनुगमन अधिकृत वेदप्रसाद सापकोटाका अनुसार मिल सञ्चालक र व्यापारीले जरिवाना रकम राजश्वमा जम्मा गरेपछि मिसावट गरिएको बेसार नष्ट गरिनेछ । त्यसपछि मात्र मिल पुनः सञ्चालनको अनुमति दिइने सापकोटाले बताउनुभयो ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo