काठमाडौँ- विभिन्न माग राखी यही असोज ३ गतेदेखि आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घ र सरकारबीच बिहिबार भएको वार्ता निश्कर्ष बिहिन टुङ्गिएको छ ।
सरकार र आन्दोलनरत शिक्षकहरुबीच बिहिबार बिहान र साँझ गरी दुई चरणमा वार्ता भएपनि निष्कर्षमा पुग्न सकेन ।
कानून, न्याय, तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले महाङ्घसँगको आज बिहान पुनः वार्तामा बस्ने बताए ।
शिक्षक महासङ्घ र सरकारका बीच बिहिबार वार्ता भएकोमा सहमति जुट्न सकेको थिएन ।
बिहीबार विहान आन्दोलनरत शिक्षकका प्रतिनिधिहरुसँग उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले छलफल गर्नु भएको थियो । साँझको बैठकमा गृहमन्त्री श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राई, अर्थमन्त्री प्रकाशशरण महत र कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङ र संचारमन्त्री रेखा शर्माकोे उपस्थिति रहेको थियो ।
शिक्षा विधेयकको विरोधमा शिक्षक महासंघको नेतृत्वमा बुधवारदेखि शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन । शिक्षकहरु आन्दोलनमा उत्रिएपछि देशैभरका सरकारी बिद्यालयको पठन पाठन ठप्प भएको छ ।
