KhabarUjyalo

एसईईको ग्रेडबृद्धि परीक्षाको नतिजा सार्वजनिक

४ आश्विन २०८०, बिहीबार
एसईईको ग्रेडबृद्धि परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडबृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । कार्यालयको अनुसार ७५ हजार ८९७ जना (६६.९७ प्रतिशत) को ग्रेड वृद्धि भएको छ ।

कार्यालयले साउन २६ र २७ गते सञ्चालन गरेको ग्रेडवृद्धि परीक्षामा १ लाख १३ हजार ३१३ परीक्षार्थी सहभागी भएका थिए ।

ग्रेडवृद्धि परीक्षाको नतिजामा कुनै विषयको ग्रेडमा चित्त नबुझे पुनर्योग गर्न चाहने परीक्षार्थीहरूले १५ दिनभित्रमा सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइ वा राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा-१० मा निवेदन दिन सक्ने बोर्डले जनाएको छ ।

प्रकाशित नतिजामा प्राविधिक वा अन्य कुनै कारणले त्रुटि भइ नतिजा प्रकाशन हुन नसकेको भए एकाइको सिफारिसमा छ महिना भित्र यस कार्यालयमा निवेदन दिनुपर्ने बोर्डले बताएको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo