Khabar Ujyalo

काँग्रेस बैठकमा प्रदेश खारेज गर्न माग

४ आश्विन २०८०, बिहीबार
काँग्रेस बैठकमा प्रदेश खारेज गर्न माग
काठमाडौँ । काँग्रेस बैठकमा प्रदेश खारेज गर्न माग उठेको छ । नेपाली काँग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले प्रदेश चाहिने हो/होइन निर्क्योल गर्न सभापति शेरबहादुर देउवासहित केन्द्रीय कार्यसमितिलाई आग्रह गरेका छन् ।

“प्रदेश नचाहिने हो भने खारेज गरियोस्,” बिहीबारदेखि सुरु भएको काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा शर्माले भने, “होइन भने प्रदेश सभापतिलाई केन्द्रीय समिति बैठकमा वैधानिक हैसियतसहित आमन्त्रित गरियोस् ।”

उनले प्रदेश कार्यसमितिलाई निर्णयको अधिकार हस्तान्तरण गर्न माग गरे ।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.