KhabarUjyalo

काँग्रेस बैठकमा प्रदेश खारेज गर्न माग

September 21, 2023
काँग्रेस बैठकमा प्रदेश खारेज गर्न माग
काठमाडौँ । काँग्रेस बैठकमा प्रदेश खारेज गर्न माग उठेको छ । नेपाली काँग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले प्रदेश चाहिने हो/होइन निर्क्योल गर्न सभापति शेरबहादुर देउवासहित केन्द्रीय कार्यसमितिलाई आग्रह गरेका छन् ।

“प्रदेश नचाहिने हो भने खारेज गरियोस्,” बिहीबारदेखि सुरु भएको काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा शर्माले भने, “होइन भने प्रदेश सभापतिलाई केन्द्रीय समिति बैठकमा वैधानिक हैसियतसहित आमन्त्रित गरियोस् ।”

उनले प्रदेश कार्यसमितिलाई निर्णयको अधिकार हस्तान्तरण गर्न माग गरे ।

[TheChamp-FB-Comments]

भर्खर

All Rights Reserved © Khabar Ujyalo