KhabarUjyalo

आजदेखि देशभरका सामुदायिक विद्यालय बन्द

४ आश्विन २०८०, बिहीबार
आजदेखि देशभरका सामुदायिक विद्यालय बन्द

काठमाडौं । नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षकहरु काठमाडौं आएर बुधबारदेखि नै आन्दोलन सुरु गरिसकेका छन् । प्रस्तावित शिक्षा विधेयकप्रति असहमति जनाउँदै शिक्षकहरु राजधानी केन्द्रीत आन्दोलन गरेका हुन् ।

आज देखी सामुदायिक विद्यालय अनिश्चितकालिन बन्द हुने भएको छ ।

आफ्ना माग पुरा गराउनका लागि शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन आएपछि देशैभरीका सामुदायिक विद्यालयमा पठनपाठन प्रभावित हुन लागेको हो ।

नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले आफ्ना मागहरु सम्बोधनको सुनिश्चितता नभएसम्म आन्दोलन जारी रहने बताए ।

‘बुधबारदेखी देशैभरीका शिक्षकहरु आन्दोलनमा छौं, बिहीबारदेखी अनिश्चितकालिन विद्यालय बन्द हुदैँछ,’ उनले भने, ‘तर, आन्दोलनको क्रममा जति दिन विद्यालय बन्द हुन्छ, त्यति दिन बिदाको दिन पढाउने व्यवस्था मिलाइएको छ ।’

शिक्षकहरुका माग पुरा गर्न सरकार गम्भीर नभएपछि बाध्य भएर सडकमा आउनु परेको उनीहरुको भनाई छ । शिक्षकहरु आन्दोलनमा उत्रिएपछि देशभरका ७० लाख भन्दा बढी विद्यार्थीहरूको पठनपाठन बन्द हुने भएको छ ।

आन्दोलनको पहिलो दिन हिजो बुधबार ७० हजारको हाराहारीमा शिक्षकहरु प्रदर्शनमा उत्रिएका थिए । उनीहरुले माइतीघर मण्डलामा भेला भएर नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका थिए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo