काठमाडौं: काभ्रेपलान्चोकको मण्डनदेउपुर नगरपालिकामा भोलि बिदा दिइएको छ।
नगरपालिकाले एक सूचना निकाल्दै भोलि थकान बिदा दिइएको जनाएको छ।
आज संविधान दिवसको अवसरमा नगरपालिकाको नवनिर्मित भवनबाट सेवा प्रवाह शुभारम्भ भएको हर्षोल्लासको उपलक्ष्यमा र विगत तीन दिनदेखि लगातार व्यवस्थापन गर्ने कार्यमा खटिदा सम्पूर्ण कर्मचारी तथा जनप्रतिनिधिहरु थकित भएकाले बिदा दिइएको जनाइएको छ।
भोलि नगरपालिका र नगरभित्रका कार्यालयहरु, विद्यालय लगायत सम्पूर्ण सरकारी तथा गैरसरकारी संस्थाहरु बन्द हुनेछन्।
