KhabarUjyalo

शेखर समूहको बैठक बस्दै, बिश्वप्रकाश र प्रदिप पनि सहभागी हुने

September 19, 2023
शेखर समूहको बैठक बस्दै, बिश्वप्रकाश र प्रदिप पनि सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसको सस्थापन इतर समूहको बैठक आज बस्दैछ । बैठक नेता शेखर कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा दिउँसो २ बजे बस्ने तय भएको हो ।

बैठकमा असोज ४ गतेबाट बस्ने केन्द्रीय समिति बैठक, समूहको गतिविधि, रूपान्तरण अभियानलगायत विषयमा छलफल हुने नेताहरूले बताएका छन् । शेखर समूहको बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल पनि सहभागी हुने बुझिएको छ ।

[TheChamp-FB-Comments]

भर्खर

All Rights Reserved © Khabar Ujyalo