KhabarUjyalo

एसिया कप: भारत बङ्लादेशसँग ६ रनले पराजित

३० भाद्र २०८०, शनिबार
एसिया कप: भारत बङ्लादेशसँग ६ रनले पराजित

काठमाडौं । एसीसी एसिया कपको अन्तिम सुपर फोर खेलमा बंगलादेशले भारतलाई पराजित गरेको छ । 

श्रीलंकको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा भारत ६ रनले पराजित भएको हो ।

बंगलादेशले दिएको २ सय ६६ रनको लक्ष्य पछ्याएको भारत ४९ दशमलब ५ ओभरमा २ सय ५९ रन बनाएर अलआउट भयो । 

भारतका लागि ओपनर शुभमन गिलले १ सय ३३ बलमा ८ चौका र ५ छक्काको सहयोगमा १ सय २१ रनको शतकिय पारी खेले पनि टोलीलाई जित दिलाउन भने सकेनन् ।

अक्षर पटेलले ३४ बलमा ४२ तथा सुर्यतुमार यादवले ३४ बलमा २६ रन बनाए ।

बंगलादेशका लागि मुस्ताफिजुर रहमानले ३ तथा तन्जिम हसन र महिदी हसनले समान २/२ विकेट लिए ।

त्यसअघि हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६५ रन बनाएको थियो ।

बंगलादेशका लागि कप्तान शाकिब अल हसनले ८५ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ८० रनको अर्धशतकीय ईनिङ खेलेका थिए । 

टोहिद हृदयले ८१ बलमा ५ चौका र २ छक्काको सहयोगमा ५४ रन बनाएका थिए । 

नसुम अहमदले ४५ बलमा ४४ तथा मेहदी शसनले २३ बलमा २९ रन बनाए ।

भारतका लागि शार्दुल ठाकुरले ३ तथा मोहम्मद सामीले २ विकेट लिए । 

भारतलाई पराजित गरेको बंगलादेशले एसिया कपको सुखद अन्त्य गरेको छ । हारका बाबजुत भारत विजेताको रुपमा फाइनल पुगेको छ ।

बिहीबार पाकिस्तानलाई पराजित गरि श्रीलंकाले फाइनलमा स्थान बनाएको छ । भारतले उपाधीका लागि  आइतबार घरेलु टोली श्रीलंकासॅंग खेल्ने छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo