KhabarUjyalo

स्वस्तिक अस्पतालमा प्रशासनको ताल्चा, उपमहानगरको अनुमति

२७ भाद्र २०८०, बुधबार
स्वस्तिक अस्पतालमा प्रशासनको ताल्चा, उपमहानगरको अनुमति

धनगढी:  कैलाली जिल्ला प्रशासनले कैलालीको धनगढीमा अनुमति बिना सञ्चालित भएको भन्दै बन्द गर्न निर्देशन दिएको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटीलाई धनगढी उपमहानगरपालिकाले बुधबार सञ्चालन अनुमति दिएको छ ।

मंगलबार प्रशासनले अनुमति नभएको भन्दै स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी र संजिवनी अस्पताल बुधबारदेखि बन्द गराउन भन्दै प्रहरीलाई पत्र पठाएको थियो । बुधबार विहानदेखि सेवा बन्द गरेको स्वस्तिकलाई भने उपमहानगरपालिकाले एक वर्षका लागि १५ सैय्या क्षमताको अस्पताल सञ्चालन अनुमति प्रदान गरेको हो ।संजिवनीको हकमा भने कुनै निर्णय भएको छैन।

उपमहानगरले १५ शय्या क्षमताको अस्पताल सञ्चालन गर्न ’धनगढी उपमहानगरपालिकाको स्वास्थ्य सेवा ऐन, २०७७’ र ’धनगढी उपमहानगरपालिका स्वास्थ्य संस्था दर्ता, नवीकरण, स्तरोन्नति तथा सेवा थप सम्बन्धि कार्यविधि, २०७७’ को दफा ५ को उपदफा (१) बमोजिम उपमहानगरपालिकाले तोकेका पक्षहरूमा सुधार गर्ने गरी एक वर्षका लागि १५ शय्या क्षमताको अस्पताल सञ्चालन गर्न इजाजत दिएको जनाएको छ।

अस्पतालले बहिरंग, आकस्मिक, अन्तरंग, निदानात्मक, सामान्य शल्यक्रिय, फार्मेसी र प्रवद्र्धनात्मक तथा प्रतिरोधात्मक सेवाहरु सञ्चालन गर्न पाउने गरि उपमहानगरपालिकाले अनुमति दिएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo