KhabarUjyalo

महिला टी–२० विश्वकप एसिया छनोट: बिश्वकप खेल्ने नेपालको सपना अधुरै रह्यो

२२ भाद्र २०८०, शुक्रबार
महिला टी–२० विश्वकप एसिया छनोट: बिश्वकप खेल्ने नेपालको सपना अधुरै रह्यो

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप क्रिकेट खेल्ने नेपालको सपना समाप्त भएको छ ।

आज मलेसियामा भएको खेलमा थाइल्याण्डसँग ४६ रनले पराजित पराजित हुँदै नेपाल सेमिफाइनलबाटै बाहिरिएको हो ।

टस हारी पहिलो ब्याटिङको निम्तो पाएको थाइल्यान्डले निर्धारित ओभरमा केवल दुई विकेट गुमाएर एक सय पाँच रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १९.३ ओभरमा अलआउट हुनुअघि ५९ रन मात्र बनाउन सक्यो ।

नेपालको लागि कविता कुँवरले २० बलमा २ चौकासहित सर्वाधिक १७ रनको योगदान दिइन् । कविता जोशी र अप्सरी बेगमले समान १० रन बनाए । अन्य कुनैपनि नेपाली ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo