KhabarUjyalo

महिला विश्वकप एसिया छनोट: फाइनलका लागि आज नेपाल थाइल्यान्डसंग भिड्दै

२२ भाद्र २०८०, शुक्रबार
महिला विश्वकप एसिया छनोट: फाइनलका लागि आज नेपाल थाइल्यान्डसंग भिड्दै

काठमाडौ : नेपालले आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटको सेमिफाइनलमा आज थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ।

मलेसियाको बांगी स्थित यूकेएम ओभलमा हुने खेल नेपालको समय अनुसार बिहान सवा ७ बजे सुरु हुनेछ। नेपाल समूह ए को उपविजेता र थाइल्यान्ड समूह बीको विजेताका रुपमा अन्तिम चारमा प्रवेश गरेका हुन्।  यो खेलको विजेताले ग्लोबल छनोटमा स्थान सुरक्षित गर्नेछ।

जारी प्रतियोगितामा नेपाल अपराजित छ। समूह चरणमा मलेसियालाई पाँच रनले पराजित गरेको नेपालले बहराइनलाई दश विकेटले हराएको थियो।

यस्तै भुटानलाई तीन र कतारलाई नौ विकेटले पराजित गर्यो। यूएई विरुद्धको खेल भने वर्षका कारण रद्द भयो। 

थाइल्यान्डले भने अहिलेसम्म हार बेहोरेको छैन्। समूहमा उसले म्यानमारमाथि एक सय रनको फराकिलो जित निकालेको थियो। चीनलाई नौ विकेट र हङलाइ ४३ रनले पराजित गरेपछि थाइल्यान्ड सेमीफाइनल पुगेको थियो।

कुवेतसँगको खेल वर्षाका कारण हुन सकेन्। थाइल्यान्ड ब्याटिङ र बलिङ दुवैमा बलियो देखिएको छ। 

यो खेल हारे ग्लोबल छनोटमा पुग्ने नेपालको सपना अधुरै रहनेछ। थाइल्यान्ड २०२० को टि ट्वान्टी विश्वकप खेलेको टोली हो। आजै  हुने अर्को सेमीफाइनलमा यूएई र हङकङ आमने सामने हुनेछन्। फाइनल पुग्ने दुइ टिम ग्लोबल छनोटमा पुग्नेछन्।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo