काठमाडौं । नेपाल भलिबल संघले नेपाली पुरुष तथा महिला भलिबल खेलाडीलाई मासिक तलब दिने घोषणा गरेको छ ।
नेपाल भलिबल संघले आज एक कार्यक्रम गर्दै तलब दिने घोषणा गरेको हो ।
खेलाडीलाई आर्थिक रुपमा सहयोग पुर्याउने उद्देश्यले तलब दिन सुरु गरेको संघले बताएको छ ।
भलिबलको राष्ट्रिय टोलीमा भएका १२ जना महिला र पुरुष खेलाडीले मासिक पाँच हजारका दरले तलब पाएकाका छन् ।
सेप्टेम्बर, अक्टोबर र नोभेम्बरको तबल सबै खेलाडीलाई तीन महिनाको तलब कुल १५ हजार आजनै संघले प्रदान गरेको छ ।
