KhabarUjyalo

कतारलाई ९ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा

१८ भाद्र २०८०, सोमबार
कतारलाई ९ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा

काठमाडौं : नेपालले आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा स्थान बनाएको छ। 

लगातार चार खेल जित्दै नेपालले सेमिफाइनलमा स्थान बनाएको हो। चौथो जित निकाल्ने क्रममा नेपालले आज कतारलाई ९ विकेटले पराजित गरेको हो।मलेसियाको बांगीमा कतारले दिएको ७५ रनको विजयी लक्ष्य नेपालले १० औं ओभरमा भेट्टायो।

नेपालकी काजल श्रेष्ठले सर्वाधिक ३२ रन बनाइन्। उनले २८ बल खेल्दै ३२ रन बनाएकी थिइन्। अर्की ओपनर सिता रानामगर १७ रनमा नआउट रहँदा इन्दु बर्मा पनि २० रन बनाउँदै क्रिजमा रहिन्।

त्यसअघि टस हारेर ब्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७४ रन बनायो। कतारका लागि साक्षी दधवालले सर्वाधिक २१ रन बनाइन्। ४४ बल खेलेकी उनी इन्दू बर्माको बलमा एलबिडब्लू भइन्। त्यस्तै एलिना खानले १५ रन बनाएर रन आउट भइन्। कप्तान आइसाले १० रन बनाइन भने एन्जलेनी मरेले १४ रन बनाइन्।  कतारलाई सस्तैमा समेट्न नेपालकी इन्दू बर्माले ३ विकेट लिइन भने पुजा महतो र कविता जोशीले एक एक विकेट लिए। 

लगातार चौथो जित निकालेको नेपालले ८ अंक भएको छ। कतार चारै खेलमा पराजित हुँदै बाहिरिएको छ।  आइतबार भएको  भएको खेलमा नेपालले भुटानलाई ३ विकेटले पराजित गरेको थियो।  नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो।  

नेपालले अर्को खेलमा  बुधबार यूएईसँग खेल्ने छ। युएईले अहिले बहराइनसँग खेलिरहेको छ। यूएईले बहराइनलाई १४३ रनको विजयी लक्ष्य दिएको छ। 

११ टोली सम्मिलित प्रतियोगितामा नेपालको समूहमा ६ टोली रहेका छन्। समूह ए को शीर्ष दुई टोली मात्र सेमिफाइनलमा पुग्नेछन्।  नेपाल सेमिफाइनलमा पुगेको खण्डमा समूह बी का हङकङ, थाइल्याण्ड र कुवेतमध्ये एकसँग खेल्ने संभावना छ। 

समूह बी मा ३ खेलबाट ६ अंक बटुलेको हङकङ शीर्षस्थानमा छ। थाइल्यान्डको २ खेलबाट ४ अंक जोडेको छ। कुवेतले पनि एक खेल जित्दै २ अंक पाएको छ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo