काठमाण्डाै – आजदेखि चलचित्र प्रेमगीत-३ प्रदर्शनमा आएकाे छ। नेपाललगायत विश्वका १ हजार २ सय हलमा एकसाथ प्रदर्शनमा आएकाे हाे।
नेपालसहित भारत, अमेरिका, अस्ट्रेलिया, जापानलगायत विभिन्न देशका १ हजार २ सयभन्दा बढी सिनेमा हलमा याे चलचित्र एकैसाथ प्रदर्शनमा आएको छ । छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको चलचित्रमा नायक प्रदीप खड्का, नायिका कृष्टिना गुरुङ र सुनिला थापाको मुख्य भूमिका रहेको छ ।
चलचित्रको हिन्दी संस्करणलाई लिएर विवादसमेत भएको थियो । पछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रेमगीत-३ को हिन्दी संस्करणलाई पनि नेपाली चलचित्रकै मान्यता दिएको छ ।
तर, ‘प्रेमगीत ३’ को हिन्दी संस्करण भने प्राविधिक कारण जनाउँदै आज नेपालमा भने रिलिज भएन।
