काठमाडौँ — धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा १० दिनदेखि अनशनरत डा. गोविन्द केसी बुधबार आफ्नै खर्चमा काठमाडौ जाने भएका छन् । डा. केसी आफ्नै खर्चमा ४:४५ बजेको फ्लाइटमा धनगढीबाट काठमाडौं जाने उनका सहयोगी डा. अमृत जैसीले बताएका छन् ।
उनको त्रिवि शिक्षण अस्पतालमा उपचार गरिने तयारी छ । चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. केसीलाई काठमाडौं ल्याउन मंगलबारदेखि नै सरकारले प्रयास गरेको थियो । मंगलबार सेनाको हेलिकप्टर धनगढी विमानस्थल पुगेको थियो । तर विभिन्न ७ बुँदे माग राखेर आमरण अनशनमा रहेका डा. केसीले जान अस्विकार गरेका थिए ।
केसीको स्वास्थ्य स्थिति झन् जटिल बन्दै गएको छ ।
