धनगढी । अनशनमा रहेका डा. गोविन्द केसीलाई लिन नेपाली सेनाको हेलिकप्टर धनगढी विमानस्थल पुगेको छ । । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापासहितको टोलीले अस्पताल पुगेर केसीलाई उपचारका लागि काठमाडौं जान आग्रह गरेका छन् ।
तर उनले उपचारका लागि काठमाडौं जान मानेका छैनन् । आफूलाई जटिल समस्या नभएकाले जबर्जस्ती नगर्न केसीले आग्रह गरेका छन् ।
उनी उपचाररत सेती प्रादेशिक अस्पतालका चिकित्सकले डा.केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको बताएका छन् ।
