KhabarUjyalo

डडेल्धुराका ५४ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट

३० भाद्र २०७९, बिहीबार
डडेल्धुराका ५४ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट

डडेल्धुरा । डडेल्धुराका ५४ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोटमा परेका छन्। बुधबार बसेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय बैठकले जिल्लाका ५४ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट गरेको हो।

सबैभन्दा बढी परशुराम नगरपालिकाका १२ वटा विद्यालय छनोटमा परेका छन्। यस्तै अमरगढी नगरपालिकाका ९, अजयमेरु गाउँपालिका, भागेश्वर र गन्यापधुरा गाउँपालिकाका ७÷७ तथा आलिताल र नवदुर्गा गाउँपालिकाका ६÷६ वटा विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका छन्।

जिल्लाका २० वटा विद्यालयमा आइसीटी ल्याव स्थापना हुनेछ भने १३ वटा विद्यालयमा चार तथा २१ वटा विद्यालयमा दुई कोठे भवन निर्माण हुनेछ। आइसीटी ल्यावका लागि ६ लाख ५० हजार बजेट बिनियोजन गरिएको छ भने दुई कोठे भवनका लागि २५ लाख तथा ४ कोठे भवनका लागि ५० लाख बजेट विनियोजन गरिएको शिक्षा विकास तथा समुन्वय इकाई डडेल्धुराले जनाएको छ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo