KhabarUjyalo

गरि खान देऊ भन्दै काठमाडौं महानगरविरुद्ध फुटफाथ र साना व्यवसायी आन्दोलित

३० भाद्र २०७९, बिहीबार
गरि खान देऊ भन्दै काठमाडौं महानगरविरुद्ध फुटफाथ र साना व्यवसायी आन्दोलित

काठमाडौँ,२९ भदौ । काठमाडौं महानगरपालिकाका विरुद्धमा फुटपाथ व्यवसायीले आन्दोलन गर्ने भएका छन्। बिहीबार जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघले फुटपाथ व्यवसायी र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै आन्दोलन गर्न लागेका हन्।

संघका अनुसार प्रदर्शनका लागि साना व्यवसायीहरू बिहीबार बिहान ११ बजे सुन्धारामा जम्मा हुने र भद्रकाली हुँदै उनीहरु महानगर कार्यालय परिसरमा पुग्ने कार्यक्रम तय भएको छ। महानगरले फुटपाथ र साना व्यवसायीहरूलाई विनासूचना निर्मम ढंगले लखेट्न खोजेको भन्दै आन्दोलन गर्न लागेको संघले जनाएको छ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo