KhabarUjyalo

सुदूरपश्चिममा गठबन्धनः १६ मध्ये ७ क्षेत्रमा मिल्यो भागबण्डा

३० भाद्र २०७९, बिहीबार
सुदूरपश्चिममा गठबन्धनः १६ मध्ये ७ क्षेत्रमा मिल्यो भागबण्डा

धनगढी, ३० भदौ । सत्तारुढ पाँच दलीय गठबन्धनले प्रतिनिधिसभातर्फ सुदूरपश्चिम प्रदेशका १६ मध्ये ७ निर्वाचन क्षेत्रमा करीब भागबण्डा टुङ्ग्याएको छ।

स्रोतका अनुसार लगातारको छलफलपछि दलका नेताहरुले ७ निर्वाचन क्षेत्रमा भागबण्डा टुङ्ग्याएका हुन्।यस्तै प्रदेशका अन्य ९ क्षेत्रको भागबण्डा भने मिलेको छैन। यद्यपी छलफल जारी रहेको बताइएको छ।

गठबन्धनमा हालसम्म भएको सहमतीअनुसार डडेल्धुरामा कांग्रेसबाट शेरबहादुर देउवा र कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा कांग्रेसकै आरजु देउवालाई सबै दलले समर्थन गर्ने सहमती जुटेको छ। 

यस्तै कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ मा माओवादी केन्द्रको भागमा परेको छ।  क्षेत्र नम्बर २ र ३ नेपाली कांग्रेसले लिने सहमती भएको छ भने बाजुरा र दार्चुला पनि कांग्रेसले लिने जनाइएको छ। तर कैलालीका चार वटा निर्वाचन क्षेत्र, बैतडी, डोटी, बझाङ, अछामका दुई क्षेत्रमा भने सहमती जुट्न सकेको छैन।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo