KhabarUjyalo

डा. गोविन्द केसी अस्पताल भर्ना

२९ भाद्र २०७९, बुधबार
डा. गोविन्द केसी अस्पताल भर्ना

धनगढी,२९ भदौ । डाक्टर गोविन्द केसी अस्पताल भर्ना भएका छन्। सोमबारदेखि २०औं सत्याग्रह थालेका केसीको स्वास्थ्यमा जटिल समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो। 

स्वास्थ्य क्षेत्रको अवस्था सुधारका अभियन्ता समेत कहलिएका केसी धनगढीस्थित कृष्ण मन्दिरमा सत्याग्रहमा बसेका थिए।

सत्याग्रहका क्रममा स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई सेती प्रादेशीक अस्पतालको क्याविनमा भर्ना गरिएको उनका सहयोगी डाक्टर अमृत जैशीले बताए।

डाक्टर केसीले विभिन्न ७ बुदेँ माग राखेर सत्याग्रह थालेका थिए। केसीको सत्याग्रहको बुधबार तीन दिन पुगे पनि सरकारी पक्षबाट भने वार्ताका लागि कुनै पहल भएको छैन। 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo